काठमाडौं, ११, पुस
व्यवस्थापिका संसद सचिवालयले सङ्घीय संसद्को बैठक सञ्चालन हलको व्यवस्थापनलाई तीव्रता दिएको छ । सचिवालयले प्रतिनिधिसभाको बैठक सञ्चालनको हल व्यवस्थापन अन्तिम चरणमा पु¥याएको हो । "/>

प्रतिनिधिसभा बैठक कक्ष व्यवस्थापन अन्तिम चरणमा

प्रतिनिधिसभा बैठक कक्ष व्यवस्थापन अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११, पुस
व्यवस्थापिका संसद सचिवालयले सङ्घीय संसद्को बैठक सञ्चालन हलको व्यवस्थापनलाई तीव्रता दिएको छ । सचिवालयले प्रतिनिधिसभाको बैठक सञ्चालनको हल व्यवस्थापन अन्तिम चरणमा पु¥याएको हो । पुस मसान्त सम्म प्रतिनिधिसभा बैठक सञ्चालन हल तयार हुनेछ । तर राष्ट्रियसभा हल व्यवस्थापनका लागि भने केही खरिद प्रक्रिया जारी रहेका कारण केही समय लाग्ने सचिवालयले जनाएको छ ।

संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले प्रतिनिधिसभा बैठक कक्ष व्यवस्थापनको काम अन्तिम चरणमा रहेको बताए । राष्ट्रियसभाको हल भने पूरै नयाँ व्यवस्थापन गर्नु पर्ने भएकाले आवश्यक सामान खरिद प्रक्रिया चलिरहेका कारण केही ढिला हुने उनले जानकारी दिए ।  “बैठक हल व्यवस्थापन करिब अन्तिम चरणमा छ, अहिलेकै स्पिरिटमा काम हुँदा प्रतिनिधिसभाको बैठक कक्ष पुस मसान्त सम्म तयार हुन्छ । राष्ट्रियसभाको सवालमा भने सामान खरिद प्रक्रिया जारी रहेकाले केही समय लाग्नेछ”, उनले भने।गोरखापत्रबाट

Skip This
Skip This
Logo