नुवाकोट, ११, पुस
नुवाकोटका भूकम्प पीडितलाई वितरण गर्न ल्याइएको राहत सामग्रीको लामो समयपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले व्यवस्थापन गर्न शुरु गरेको छ । पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२ महिनापछि सोमबार देखि सुरक्षित व्यवस्थापन शुरु गरेको हो ।भण्डारण गरिएको राहत ०७२ को वैशाख र जेठ महिनामा प्राप्त भएको थियो । तत्कालीन समयमा प्रशासक र राजनीतिक दल बीच वितरण स्थान छनोट सम्बन्धमा उत्पन्न विवादले राहत सामग्री थन्क्याइएको थियो ।
भूकम्पपीडितलाई वितरण गर्न जिल्लामा आएको राहत सामग्री विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको स्थानबाट सुरक्षित व्यवस्थापन गर्न थालिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । “भूकम्प लगत्तै प्राप्त भएको ५ करोड भन्दा बढी मूल्यको राहत सामग्री व्यवस्थित भण्डारणको अभाव र राखिएको लामो समय सम्म परीक्षण नहुँदा खाद्य सामग्रीको म्याद गुज्रिएको छ,” शर्माले भने, “बन्दोबस्तीका सामग्री समेत आधा भन्दा बढी प्रयोग विहीन अवस्थामा पुगेको पाइएकाले छनोट गर्न शुरु गरिएको छ ।”
रासस































प्रतिक्रिया