पर्सा, ९,पुस

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरी सहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । "/>

पूर्वमन्त्री चौधरी सहित १२ जनालाई निलम्बन गर्न सिफारिश

पूर्वमन्त्री चौधरी सहित १२ जनालाई निलम्बन गर्न सिफारिश

केन्द्रबिन्दु
0
Shares

पर्सा, ९,पुस

स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरी सहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जय कुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापति समेत रहेका चौधरी सहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिए ।

उनले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका पूर्वमन्त्री चौधरी र पूर्व जिल्ला सभापति जनार्दनसिंह क्षेत्री सहित १२ जनालाई १५ वर्ष सम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्वन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरेर पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताए ।  रासस

Skip This
Skip This
Logo