काठमाडौं,८,पुस
निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक मतका आधारमा दलहरूको सिट संख्या तोकेसँगै दलहरूलाई उम्मेदवारको नामावली पठाउन पत्राचार गर्ने भएको छ । आयोगले दलहरूले निर्वाचन अघि समानुपातिक निर्वाचन प्रणालीका लागि आयोगमा बुझाएको बन्दसूचीको क्रम अनुसार हुने गरी सात दिनको समय दिएर उम्मेदवारको नाम पठाउन दलहरूलाई पत्र पठाउने तयारी गरेको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले बताएका हुन् ।
दलहरूले सो सूची अनुसार उम्मेदवारको नामावली पेस गर्दा बन्दसूची भित्र प्राथमिकताका आधारमा पहिले नै बुझाए बमोजिम समावेशी सिद्धान्त अनुसार नै नामावली आयोगमा बुझाउनु पर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अब दलहरूले समावेशिताका आधारमा आफूले पठाउने उम्मेदवारको टुंगो लगाउने छन् । आयोगले दलहरूका लागि दिएको समय भित्र दलहरूले आफ्नो तर्फबाट बन्दसूचीमा नाम समावेश भएको क्रम अनुसार आयोगमा उम्मेदवारको नाम पठाउनेछन् ।
यसपछि उम्मेदवारको नाम समेत समावेश गरी आयोगले समानुपातिकतर्फ निर्वाचित भएका उम्मेदवार घोषणा गर्नेछ । त्यसपछि सो नाम आयोगले प्रदेश प्रमुख समक्ष पठाउनेछ भने निर्वाचित उम्मेदवारको नाम राजपत्रमा प्रकाशित समेत गर्नेछ ।
राजधानीबाट





























प्रतिक्रिया