काठमाडौं,८,पुस
नेपालको शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) कार्यालय बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको साढे ३ करोड रुपैयाँ भाडा सरकारले अझै नतिरेको पाइएको छ । "/>

सरकारले तिरेन अनमिनको साढे ३ करोड भाडा

सरकारले तिरेन अनमिनको साढे ३ करोड भाडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,८,पुस
नेपालको शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन) कार्यालय बसेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको साढे ३ करोड रुपैयाँ भाडा सरकारले अझै नतिरेको पाइएको छ । अनमिन कार्यालय फिर्ता हुनु ३ वर्ष अघि देखि नतिरिएको भाडा बिदाइ भएको ८ वर्षसम्म पनि निकासा भएको छैन । मुलुकमा शान्ति प्रक्रिया र हतियार व्यवस्थापन भएपछि अनमिन फर्किएको ८ वर्ष भयो । अनमिन कार्यालयको भाडा सरकारले तिर्ने निर्णय भएको थियो ।

६ फागुन २०६३ को मन्त्रिपरिषद वैठकले केन्द्रको पूर्वतर्फको परिसर अनमिनको मुख्यालयका रूपमा सञ्चालन गर्न दिए बापतको भाडा सरकारले तिर्ने निर्णय गरेको थियो ।केन्द्रको नाममा आम्दानी हुनुपर्ने ३ करोड ५८ लाख रुपैयाँ लामो समय सम्म निकासा नगर्दा महालेखा परीक्षकको कार्यालयले भने सो रकम केन्द्रको नाममा बेरुजु देखाउँदै आएको छ । केन्द्रले सो रकम उपलब्ध गराइदिन पटक पटक ताकेता गरिरहेको छ । तर अर्थ मन्त्रालयले भने आर्थिक वर्षको सुरुवातमा पत्र पठाउँदा ‘तेस्रो चौमासिकमा पत्र पठाउनु’ भन्दै जवाफ पठाउने र तेस्रो चौमासिकमा पत्र पठाउँदा बजेट सकिएको जवाफ दिने गरेको केन्द्रका लेखा प्रमुख विष्णु पौडेलले बताए ।
राजधानीबाट

Logo