राष्ट्रपतिबाट गतिरोध अन्त्य गर्न काँग्रेससँग आग्रह

राष्ट्रपतिबाट गतिरोध अन्त्य गर्न काँग्रेससँग आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ७ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐनकानून र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली काँग्रेससँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायत काँग्रेसका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले सो आग्रह गर्नुभएको हो ।
उक्त अवसरमा उहाँहरुबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

Logo