केन्द्रबिन्दु सम्बाददाता ।
लहान, ७ पुस । सिरहाको मालपोत कार्यालयमा आज बम विस्फोट भएको छ ।
विस्फोटमा परि तीनजना घाइते भएका छन् । घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेका छन ।
गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् । बम कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया