काठमाडौँ,७,पुस
‘हेलो सरकार’ले ६ वर्षमा ८०.७७ प्रतिशत गुनासो सम्बोधन गरेको छ । हेलो सरकारमा आएका गुनासो मध्ये सर्वसाधारणका ५९ हजार १८६ वटा सम्बोधन गरिएको हेलो सरकार कार्यालयका शाखा अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए । "/>

हेलो सरकारमा ८१ प्रतिशत गुनासो सम्बोधन

हेलो सरकारमा ८१ प्रतिशत गुनासो सम्बोधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,७,पुस
‘हेलो सरकार’ले ६ वर्षमा ८०.७७ प्रतिशत गुनासो सम्बोधन गरेको छ । हेलो सरकारमा आएका गुनासो मध्ये सर्वसाधारणका ५९ हजार १८६ वटा सम्बोधन गरिएको हेलो सरकार कार्यालयका शाखा अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए । हेलो सरकारमा ६ वर्षमा ६७ हजार ६१३ गुनासो आएका थिए । वि सं ०६८ कात्तिक १७ गते देखि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वसधारणका गुनासो सम्बोधन गर्न हेलो सरकार सञ्चालन गराएका थिए ।

अहिले हेलो सरकारमा ८ हजार ४२७ गुनासो सम्बोधन हुन बाँकी छन् । ती मध्ये अहिले दुई हजार ५८६ उजुरीको सम्बोधन हुन लाग्दैछ । आएका गुनासोलाई हेलो सरकारले उच्च प्राथमिकता, प्राथमिकता र साधारण गरी तीन किसिमले वर्गीकरण गरी सम्बोधन गर्दै आएको छ । उच्च प्राथमिकतामा छ हजार ९४४, प्राथमिकतामा ३९ हजार ७९५ र साधारणमा एक हजार ६५८ उजुरी आएको उनले बताए ।

हेलो सरकारमा धेरैजसो विकासनिर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी, प्रशासनतर्फका गुनासो आउने गरेका छन् । सर्वसाधारणले ११११ नं डायल गरी आफ्नो गुनासो टिपाउने र कर्मचारीले सम्बन्धित निकायमा जानकारी गराएर गुनासो सम्बोधन हुने गर्छ । हेलो सरकारले फोन सहित फेसबुक, ट्वीटर, इमेल, फ्याक्सबाट गुनासो लिने गर्छ ।
रासस

Skip This
Skip This
Logo