काठमाडौँ,७,पुस
गरिबी दर घटाउन सरकार देखि दातृराष्ट्र समेतले ठुलो धनराशी खर्च गरिरहेको अवस्थामा देशमा ७ प्रतिशत गरिब बढेको तथ्यांकले धेरैलाई चकित बनाएको छ । "/>

यसरी भयो प्रदेश नम्बर ६ सबैभन्दा गरिब

यसरी भयो प्रदेश नम्बर ६ सबैभन्दा गरिब

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,७,पुस
गरिबी दर घटाउन सरकार देखि दातृराष्ट्र समेतले ठुलो धनराशी खर्च गरिरहेको अवस्थामा देशमा ७ प्रतिशत गरिब बढेको तथ्यांकले धेरैलाई चकित बनाएको छ । गरिबी घटाउने नाममा बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहँदा आएको यो तथ्यांक नीति तिर्माताका लागि ‘सरप्राइज’ नै भएको छ । केही दिनअघि राष्ट्रिय योजना आयोगले ७ प्रतिशत गरिबी बढेको तथ्याङ्क सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेश नम्बर ६ सबैभन्दा गरिब प्रदेशका रुपमा देखिएको छ । सबै प्रदेशमा सरकार निर्माणको प्रक्रिया अघि बढिरहँदा ६ नम्बर प्रदेशमा आधा भन्दा धेरै अर्थात ५१ प्रतिशत मानिस गरिब भेटिएका छन् ।

मुलुकको कुल गरिबी दर भन्दा दोब्बरकै हाराहारीमा प्रदेश ६ को गरिबी रहेको छ । नेपालको कुल गरिबी दर २८.६ प्रतिशत छ । भौगोलिक विकटता, परनिर्भरता, अशिक्षा, इन्धन, विद्युत् अभाव, जनचेतनाको कमी, बालमृत्युदर, कुपोषण र खानेपानी तथा सरसफाईको अभाव प्रदेश ६ सबैभन्दा गरिब हुनुका प्रमुख कारण हुन् । यहाँ बाल मृत्युदर उच्च छ । पोषण र उपचारको अभावमा अकालमा बालबालिकाले ज्यान गुमाइरहेका छन् ।

स्वास्थ्य सेवाको अवस्था अत्यन्त नाजुक छ । जाजरकोट र कालिकोट लगायत जिल्लामा बर्सेनि जसो हुने झाडापखाला सयौँको मृत्युको कारण बनेको छ । शिक्षाको अवस्था पनि उस्तै दयनीय छ । विद्यालय जाने विद्यार्थीको सख्या न्यून छ भने बीचमै स्कूल छोड्ने दर पनि यहाँ उच्च छ । विद्यालय छोडेर किशोरहरु रोजगारीका लागि कालापहाड जाने यहाँको पुरानो चलन नै भएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo