यी किशोरीलाई ३४ पटक सर्पले टोक्यो, तैपनि कसरी जीवित ?

यी किशोरीलाई ३४ पटक सर्पले टोक्यो, तैपनि कसरी जीवित ?

केन्द्रबिन्दु
0
Shares

मुम्बई, ६ पुस ।

अचम्म लाग्ने खबर छ । भारतको एउटा गाउँमा बस्ने किशोरीलाई पिछा गरिरहन्छ एउटा सर्पले । तीन बर्षदेखि उक्त सर्पले उनको पिछा गरिरहेको बताइन्छ । कहिले स्कुलमा, कहिले घरमा । हरेक पटक सर्प आएर उनलाई टोक्छ । भनिन्छ, अहिलेसम्म उनलाई ३४ पटकसम्म सर्पले टोकिसक्यो ।

आखिर किन त्यो सर्प उनलाई मार्न चाहन्छ ?

किशोरी १७ बर्षकी भइन् । उनलाई पटक पटक सर्पले टोकेको छ । तर, उनी जीवित छिन् । शनिबार विहान उनी आफ्नी आमासँग घाँस काटिरहेकी थिइन् । त्यहीबेला उनलाई सर्पले डस्यो । उनी बेहोश भइन् । अस्पताल लगियो । स्थानीय अस्पतालमा ५, ६ घण्टापछि उनको होश आयो । तब उनले सबै कुरा बताइन् ।

मनीषाको हातमा सर्पले डसेको निसानी पनि छ । उनका अनुसार त्यो सेतो सर्प उनले धेरै पटक देखिसकिन् । जब त्यो सर्प आउँछ, उनी हल्लिन पनि सक्दिनन् । न त चिच्याउन नै पाउँछिन् । जब सर्पले उनलाई टोक्छ, तब त्यो सर्प कतै जान्छ । त्यसको केही समयपछि उक्त किशोरीको विष पनि आफै हट्छ । आखिर कसरी विष आफै उनको शरीरमा निर्मूल हुन्छ ? यसबाट चिकित्सक समेत अचम्ममा छन् ।

यसबारे उनका परिवारले ज्योतिषीसँग पनि परामर्श लिएको थियो । ज्योतिषीका अनुसार उक्त सर्पसँग मनीषाको पूर्वजन्मको सम्बन्ध छ । त्यही कारण सर्पले उनलाई डस्छ । र, सर्प आउनासाथ उनी मोहित हुन्छिन् ।

यता मेडिकल साइन्सले भने यो कुरामा विश्वास गरेको छैन । किनभने अहिलेसम्म जति टेस्ट गरियो, नर्मल आयो । अहिले मनीषाले चाहिँ घरमा नागिनको मन्दिर बनाएकी छिन् । (एजेन्सी)

 

Logo