काठमाडौं,६, पुस
वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक भोली शुक्रबार बस्ने भएको छ । "/>

वाम एकता संयोजन समितिको बैठक शुक्रबार बस्दै

वाम एकता संयोजन समितिको बैठक शुक्रबार बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६, पुस
वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक भोली शुक्रबार बस्ने भएको छ । निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका यी दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले मतदाता र कार्यकर्ताबाट समेत पार्टी एकताको विषय अनुमोदन भइसकेकाले आफूहरुलाई थप अघि बढ्न कुनै समस्या नभएको स्पष्ट गरे । समितिमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेता छन् । एमाले र केन्द्र बीच गत असोज १७ मा चुनावी तालमेल र पार्टी एकताको सहमति सार्वजनिक भएको थियो । दुवै पार्टीका नेताहरुले नयाँ सरकार गठन र एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउँदै आएका छन् ।
रासस

Skip This
Skip This
Logo