टोखा गोलीकाण्ड : मृग भनेर गोली हान्दा महिला घाइते

टोखा गोलीकाण्ड : मृग भनेर गोली हान्दा महिला घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ पुस ।

काठमाडौंको टोखास्थित झोरको शिवपुरी राष्ट्रिय निकुञ्जमा चलेको गोली लागेर घाइते भएकी महिला खतरामुक्त भएको समाचार छ ।

आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली ताक्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएकी थिइन् । व्यक्तिलाई ताकेर भन्दा पनि मृग भनेर हानेको गोली उनको पाखुरा र कोखामा गोली लागेको अनुमान गरिँदै छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले ती महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिए । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको पनि उनले बताए ।

घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको छ भने हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Skip This
Skip This
Logo