काठमाडौं,३, पुस
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । गृहजिल्ला तनहुँ पुगेका पौडेलले भने ,‘दुई महिना अघि सरकारले पठाएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।’ राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया सुरु नहुने पौडेलको जिकिर छ ।
केपी ओलीको नाम नलिइ नेता पौडेलले भने, ‘सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत हो ।’ आइतबार उनले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद दिए। चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिका लागि लागि रहने पौडेलले बताए । पौडेल एमालेका कृष्णकुमार श्रेष्ठसँग चुनावमा भारी मतान्तरले पराजित भएका थिए ।
रासस





























प्रतिक्रिया