काठमाडौं,३, पुस
प्रतिनिधिसभा सदस्यमा समानुपातिक सिटमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले महिलालाई मात्रै पठाउनु पर्ने देखिएको छ । "/>

राजपा र फोरमबाट समानुपातिकमा महिला मात्र

राजपा र फोरमबाट समानुपातिकमा महिला मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, पुस
प्रतिनिधिसभा सदस्यमा समानुपातिक सिटमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले महिलालाई मात्रै पठाउनु पर्ने देखिएको छ । कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत (९२ जना) महिला हुनु पर्ने संवैधानिक व्यवस्थाका कारण राजपा र संघीय फोरमले पाउने समानुपातिक सिटमा महिला मात्रै पठाउनु पर्ने देखिएको हो । प्रतिनिधिसभा प्रत्यक्ष तर्फको १ सय ६५ सिटमा राजपाले ११ र संघीय फोरमले १० सिट जितेको छ । तर दुवै दलबाट जित्ने उम्मेदवार सबै पुरुष छन् । उनीहरूले पाउने सिटमा लैंगिक सन्तुलन मिलाउन सबै महिला प्रतिनिधि पठाउनु पर्ने देखिएको हो । संघीय फोरम र राजपाले पनि प्रत्यक्षतर्फ कुनै पनि महिलाले निर्वाचन जितेका छैनन् । जसकारण संघीय फोरम र राजपाले समानुपातिकमा पाउने सबै सिटमा महिला पठाउनु पर्ने देखिएको हो ।

संघीय फोरमले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ १ सय ९ जनाको सूची बुझाएको छ । जसमा आदिवासी जनजातितर्फ रेनुका गुरुङ, सुशीला श्रेष्ठ र सुनी लामाको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छ । आदिवासी जनजाति महिला उम्मेदवार संख्या १७ छ ।
राजधानीबाट

Logo