प्युठान,३, पुस
मंसिरको अन्त्यसँगै सुनसान हुने गाउँमा जहाँ बिहेका कुरा हुँदैनन् र बज्दैनन् पञ्चेबाजा पनि। मंसिरको सुरु देखि नै गाउँभरि बज्ने पञ्चेबाजाहरु अहिले भने प्युठानमा मंसिरको अन्त्य र पुसको सुरुवाती समयमै बजेको छ। यो कुनै विवाहमा बजेको बाजा भने होइन। गाउँमा पञ्चेबाजा वजाएर विवाह गर्ने प्रचलन जहाँ तहिँ छ, तर प्युठानमा पुसको पहिलो दिनमै बालविवाह गर्नुहुन्न भनी गाउँलेहरु पञ्चेबाजा बजाएर जनचेतनामा लागेका हुन्। मल्लरानी गाउँपालिका अन्र्तगतको ३ नम्बर वडा आज जिल्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको छ । सुरुवाती समय देखि बालविवाह बढी हुने धरमपानी क्षेत्र अहिले भने जिल्लाकै नमुना बनेको छ , बालविवाह मुक्त वडा घोषणा गरेर । जिल्लामै बालविवाहले विकराल रुप लिइरहेका बेला यहाँको मल्लरानी गाउँपालिकाको वडा नम्बर ३ मा भने बालविवाहमुक्त वडा घोषणा भएको हो ।
०७० सालबाट बालविवाहमुक्त वडा बनाउने कार्यमा लागेको साविकको धरमपानी गाविस चार वर्ष पछि सफल भएको छ । २०१५ सालमा ६० प्रतिशत बालविवाह रहेको धरमपानी गाविस लगातार बालबालिकाको क्षेत्रमा सफल बन्दै अहिले भने जिल्लाकै सबैभन्दा कम बालविवाह हुने गाविसमा परेको छ। बालविवाहको रोकथामका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्रयास नभएको भने होइन । प्युठानमा बालविवाह रोक्नका लागि अहिले सेभ द चिल्डे«न, कालिका विकास केन्द्र लगायतका संस्था लागिपरेका छन् । विद्यालय स्तर देखि बालक्लब र समाजमा बालविवाहका विषयमा जानकारी दिँदै हिँडेका संघसंस्था अहिले केही हदमा भए पनि सफल भएका छन् । सन् २०२२ सम्म प्युठानलाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य छ । पुस ५ गते स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ५ पनि बालविवाह मुक्त वडा घोषणा हुँदैछ।
नागरिकबाट





























प्रतिक्रिया