सवैभन्दा सुरक्षित मानिने सिंहदरबार भित्रबाटै चोरी

सवैभन्दा सुरक्षित मानिने सिंहदरबार भित्रबाटै चोरी

केन्द्रबिन्दु
0
Shares

सिंहदरबारभित्र पार्किङ्ग गरिएर रााखिएका गाडीको टायर कर्मचारीले नै चोरी गरेको खुलेको छ । देशकै सबैभन्दा सुरक्षित स्थान मानिने सिंहदरबार भित्रै बाट गाडीको टायर चोरी हुनुले सुरक्षाकर्मीको लापरवाही प्रष्टैसँग झल्किन्छ ।

स्थानीय विकास मन्त्रालयको ‘सस्पेन्सन ब्रिज’ शाखाको बा १ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको छ । गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको थियो । आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा चारवटै टायर नभेटेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउने वित्तिकै उक्त टायरको खोजी गर्ने क्रममा चारै वटा टायर शंखमूलस्थित बाराही टायर सेन्टरवाट बरामद गरेको हो ।

सिसिटिभीको आधारमा अनुसन्धान गर्दै जाँदा चोरी घटनामा सिंहदरबारभित्रै काम गर्ने चालकको संलग्नता रहेको सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीले बताए । उक्त चोरी घटनामा संलग्न ब्यक्तिहरुको खोजी कार्य तिब्र रुपमा भई रहेको गणका डिएसपी जोशीले बताए । आवश्यक अनुसन्धानको लागि ग्यारेजका सञ्चालकलाई प्रहरीले पक्राउ गरिसेकेको छ । सेना र प्रहरीको २४ घण्टे सुरक्षा रहेको ठाउँबाटै गाडीका टायर चोरी भएपछि सबै अचम्ममा परेका थिए

Skip This
Skip This
Logo