काठमाडौं,पुस,२
एमाले अध्यक्ष केपी ओलीले असंवैधानिक रूपमा नियुक्त प्रदेश प्रमुखहरूबाट शपथग्रहण नलिने घोषणा गरेका छन् । "/>

असंवैधानिक नियुक्तिबाट हामी शपथ ग्रहण गर्दैनौं :ओली

असंवैधानिक नियुक्तिबाट हामी शपथ ग्रहण गर्दैनौं :ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,पुस,२
एमाले अध्यक्ष केपी ओलीले असंवैधानिक रूपमा नियुक्त प्रदेश प्रमुखहरूबाट शपथग्रहण नलिने घोषणा गरेका छन् । सरकारले प्रदेश प्रमुखको नियुक्ति गर्ने अन्तिम तयारी गरिरहेका वेला शनिबार ओलीले त्यस्तो घोषणा गरेका हुन् । ‘बहुमत हामीले ल्याएका छौँ, असंवैधानिक रूपमा नियुक्त हुनेबाट हामी शपथ ग्रहण गर्दैनौँ,’ शनिबार बालकोट स्थित निवासमा सञ्चारकर्मीसँग ओलीले प्रश्न गर्दै भने, ‘हामीले ताजा जनादेश स्विकार्ने हो, के कांग्रेसले जे पायो त्यही गरेको भागबन्डा अब पनि हामीले स्विकार्नु पर्ने ? कांग्रेसले हारेपछि के अब लोकतन्त्र नै चल्न नदिन खोजेको ?’

राष्ट्रिय सभा गठन सम्बन्धी छुट्टै व्यवस्था भएकाले प्रतिनिधिसभाको परिणाम सार्वजनिक नगरी बलजफ्ती सरकार गठन रोक्ने कुरा पदलोलुपता, निर्लज्जता र अलोकतान्त्रिक अभ्यासको निकृष्ट अभ्यास भएको ओलीले बताए । ‘त्यस्तो निकृष्ट अभ्यास नगर्न म सबैलाई भन्न चाहन्छु,’ ओलीले भने, ‘०६४ मा हार्दा पनि तीन–चार महिना सम्म कांग्रेसले यस्तै घिन लाग्दो खेल खेल्यो, अहिले पनि सत्ता हस्तान्तरण नगर्न अनेक प्रयास हुँदै छ ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo