काठमाडौं,पुस,२
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू एक मिनेट पनि सत्तामा बस्न इच्छुक नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा देउवाले प्रधानमन्त्रीको निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको जानकारी दिए । "/>

एक मिनेट पनि सत्तामा बस्न चाहन्न :देउवा

एक मिनेट पनि सत्तामा बस्न चाहन्न :देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,पुस,२
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू एक मिनेट पनि सत्तामा बस्न इच्छुक नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भएको भेटमा देउवाले प्रधानमन्त्रीको निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको जानकारी दिए । सो अवसरमा राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ अड्केको सहितका समसामयिक राजनीतिक विषयमा दुई नेता बीच कुराकानी भएको थियो ।

‘निर्वाचन पछि प्रधानमन्त्रीले एक मिनेट पनि सत्तामा बस्न चाहन्न, राष्ट्रिय सभा र प्रधानमन्त्रीको निर्वाचन गराएर पद हस्तान्तरण गर्न आतुर छु भन्नु भएको छ,’ देउवा–प्रचण्डको भेट बारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपतिले अध्यादेश अड्काउँदा समानुपातिकको रिजल्ट सार्वजनिकमा समस्या भएको, राष्ट्रिय सभा र सरकार गठनमा ढिलाइ भएको भन्दै छिटो प्रक्रिया खोलिदिने विषयमा पहल लिन प्रचण्डलाई आग्रह गर्नुभएको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ९ बजे देखि आधा घन्टा सम्म भएको भेटमा देउवाले राष्ट्रपतिबाट राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश रोकिँदा सहज रूपमा राजनीतिक निकास झमेला तर्फ अग्रसर हुन पुगेको बताएका थिए । अध्यादेश अड्काउने संवैधानिक अधिकार राष्ट्रपतिलाई नभएको भन्दै उनले प्रचण्डसँग छिटो पहल गरी प्रक्रियालाई सहज पारिदिन आग्रह गरेका हुन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo