काठमाडौं,१,पुस
वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् । "/>

प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्य देखि स्थापित सम्म आकांक्षी

प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्य देखि स्थापित सम्म आकांक्षी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ । मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य देखि काठमाडौँं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित सम्म देखिएका छन् ।

निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उनीहरु अहिले निर्वाचनको नतिजा आइसके पछि आकांक्षीको रुपमा प्रस्तुत भएका हुन् । मुख्यमन्त्रीको रुपमा आकांक्षीको रुपमा शाक्य, स्थापितसँगै एमाले पोलिटब्यूरो सदस्यद्वय राजेन्द्र पाण्डे र सानुकुमार श्रेष्ठ, पशुपति चौलागार्इं, अरुण नेपाल लगायत पनि देखिएका छन् ।

उपाध्यक्ष शाक्य प्रमुख दाबेदारका रुपमा रहेकी छिन् । उनीहरु अहिले आफू मुख्यमन्त्री बन्नका लागि दौडधूपमा रहेको बताइएको छ । एमाले उपाध्यक्ष शाक्यले पार्टीको प्रदेश प्रमुख भएको नाताले मुख्यमन्त्री आफू नै हुने दाबी गरिन् । ‘‘प्रतिनिधिसभामा नगई मैले मुख्यमन्त्रीको लागि नै प्रदेशसभामा प्रतिनिधित्व गरेको हुँ’ उनले भनिन् –‘‘सबै साथीहरुले पनि मलाई अघि सार्नु भएको छ ।’’
रासस

Skip This
Skip This
Logo