काठमाडौं,१,पुस
प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक दुर्घटना भएको खुलासा भएको छ । "/>

कुहिरोले छोप्दा गोमा एयरको विमान दुर्घटना : प्रतिवेदन

कुहिरोले छोप्दा गोमा एयरको विमान दुर्घटना : प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१,पुस
प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक दुर्घटना भएको खुलासा भएको छ । विमान दुर्घटनापछि गठित छानबिन आयोगले विमान दुर्घटना हुनुमा प्रतिकूल मौसम नै मुख्य कारण भएको प्रतिवेदन तयार पारी शुक्रबार सरकारलाई बुझाएको हो । सरकारले विमान दुर्घटनाको कारण खोजी गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानान्धरको अध्यक्षतामा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो ।

समितिका सदस्य सचिव सुरेश आचार्यले मौसममा एक्कासी परिवर्तन भएर कुहिरोले छोप्दा विमान दुर्घटना हुन गएको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिएका छन् । एक्कासी मौसम प्रतिकूल भइदिँदा अवतरणको संवेदनशील क्षणमा पुगेको विमानलाई दुर्घटना हुनबाट जोगाउन नसकिएको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ । गत जेठ १३ गते शनिवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेको सो विमान तेन्जिङ हिलारी विमानस्थलको धावन मार्गमा नपुग्दै दुर्घटनाग्रस्त हुँदा चालक दलका पाइलट र को–पाइलटको निधन भएको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo