फिदिम,१,पुस
पाँचथरमा उम्मेदवारले पाएको भन्दा बदर मत संख्या धेरै देखिएको छ । संघ र प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा गरी १५ प्रतिशत मत बदर भएको छ । "/>

उम्मेदवारले पाएको भन्दा बदर मत बढी

उम्मेदवारले पाएको भन्दा बदर मत बढी

केन्द्रबिन्दु
0
Shares

फिदिम,१,पुस
पाँचथरमा उम्मेदवारले पाएको भन्दा बदर मत संख्या धेरै देखिएको छ । संघ र प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा गरी १५ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ वाम गठबन्धन (एमाले -माओवादी केन्द्र) र कांगे्रेसका उम्मेदवारले पाएको मत पछि तेस्रो स्थान बदरको छ । समानुपातिकतर्फ एमाले र कांग्रेसपछि बदर मत संख्या छ ।

माओवादी केन्द्रको चौथो स्थान छ । मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य वाम गठबन्धनका वसन्त नेम्बाङ र कांग्रेसका भीष्मराज आङ्देम्बेले पाएको मतपछि तेस्रो स्थान बदर मतको छ । कुल ६६ हजार ९१३ मत मध्ये नेम्बाङले ३८ हजार ७४१ मत पाएर निर्वाचित भएका हुन् । कांग्रेसका आङ्देम्बेले २८ हजार २४ मत पाए । पाँच हजार ७३१ मत बदर भएको छ ।

प्रदेशसभामा पनि बदर मतको संख्या अत्यधिक छ । प्रदेश ‘क’ मा खसेको ४१ हजार पाँच सय ८१ मत मध्ये वाम गठबन्धनका गणेश काम्वाङ र कांग्रेसका नरेन्द्रकुमार केरुङले पाएको मत पछि बदर मत संख्या छ । काम्वाङ विजयी हुँदा २१ हजार १० मत पाए भने उनका प्रतिद्वन्द्वी केरुङले १६ हजार ६८ मत पाए । दुई हजार १७३ मत बदर भएको छ । अन्य दलका उम्मेदवारले पाएको मत भन्दा बदर मतको संख्या धेरै छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo