धनगढी,२९,मंशिर
प्रदेश नम्बर ७ मा थारु समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ ७ जना निर्वाचित भएका छन् । कंचनपुरबाट १ र कैलालीबाट ६ जना गरी ७ जना निर्वाचित भएका हुन्। प्रतिनिधि सभा सदस्यमा ३ र प्रदेश सभामा ४ जना विजयी भएका छन्। करिब ४० प्रतिशत थारु रहेको कैलालीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव जित्नेमा थारु उम्मेवारको वाहुल्यता रहेको छ।
प्रदेश नम्बर ७ मा सवैभन्दा बढी ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभामा ३ वटा निर्वाचन क्षेत्रमा थारु उम्मेदवार बिजयी भएका छन। यसैगरी कैलालीमा प्रदेश सभाको १० वटामा ४ थारु उम्मेदवार बिजयी भएका छन्। कंचनपुरको निर्वाचन क्षेत्र १ मा प्रदेश सभामा एमालेका कुलविर चौधरी बिजयी भएका छन। कैलाली क्षेत्र नम्बर १ बाट राजपाका रेशम चौधरी, क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका गौरिशंकर थारु र क्षेत्र नम्बर ५ मा रानाथारु समुदायका एमालेका नारदमुनी राना प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन । यसैगरी कैलालीको क्षेत्र नम्बर १ मा प्रदेश सभामा राजपाका कृष्ण चौधरी, निर्वाचन क्षेत्र ३ मा प्रदेश सभामा माओवादी केन्द्रका वीरभान चौधरी र निर्वाचन क्षेत्र ५ प्रदेश मा एमालेका नेपालु चौधरी प्रदेश सभामा बिजयी भएका छन। कैलालीमा थारु समुदायको मत निर्णायक मानिने गरेको छ।
नागरिकबाट































प्रतिक्रिया