काठमाडौं, २८, मंशिर
राजधानीका ठूला अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परेको छ । जनताले विश्वास गरेका अस्पतालहरूले नै बिरामीबाट पाँच देखि १० प्रतिशत सम्म गैरकानुनी रकम असुल्ने गरेको फेला परेको हो । "/>

गैरकानुनी रकम असुल्दै ठूला अस्पताल

गैरकानुनी रकम असुल्दै ठूला अस्पताल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८, मंशिर
राजधानीका ठूला अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परेको छ । जनताले विश्वास गरेका अस्पतालहरूले नै बिरामीबाट पाँच देखि १० प्रतिशत सम्म गैरकानुनी रकम असुल्ने गरेको फेला परेको हो । बिरामीको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था विभागले गरेको अनुगमनका क्रममा राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, ग्वार्कोमा रहेको बी एन्ड बी र बाँसबारी स्थित न्युरो अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम सेवा शुल्कका नाममा उठाउने गरेको पाइएको हो ।

आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जनता र राज्यले विश्वास गरेका ठूला अस्पतालले गरिब बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुलेर ठग्ने गरेको फेला परेको जानकारी दिए । दाहालले भने, ‘अस्पतालबाट सरकारले पाँच प्रतिशत मात्रै स्वास्थ्य सेवा कर लिने गरेको छ । तर यी अस्पतालले १३ प्रतिशत सम्म कर असुलेको पाएका छौँ । यो गैरकानुनी कार्य हो ।’
नयाँपत्रिकाबाट

Logo