सुनसरी ,२७,मंशिर
सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ४४ मतले अग्रता लिएकी छन् । भगवतीले अहिले सम्म ३२ हजार ५७० मत र उनका निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजय गच्छदारले ३२ हजार ५ सय २६ मतले प्राप्त गरेका छन्।मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहान देखि मतगणना स्थगित भएको थियो । मतगणनाका क्रममा नौ वटा रुख चिन्हमा छाप लागेको अर्धकट्टी सहितको मतपत्रलाई निर्वाचन अधिकृत टिका भुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन। त्यस लगत्तै मतगणना अवरुद्ध भएको थियो। यस क्षेत्रमा अब करिव १० हजार मत गन्न बाँकी रहेको बताइएको छ ।
अन्नपूर्णपोस्टबाट





























प्रतिक्रिया