सिमीकोट,२७,मंशिर

लामो समय देखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। "/>

हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा

हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा

केन्द्रबिन्दु
0
Shares

सिमीकोट,२७,मंशिर

लामो समय देखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ। हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका साविकका गाविसमा जाडो बढेको छ। हिउँका कारण चीनसँग सिमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका छेपाल लामाले टेलिफोनबाट बताए । उनका अनुसार मुचुमा अहिले सम्म झण्डै साँढे २ फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्कन नसकिएको हो।
अन्नपूर्णपोस्टबाट

Logo