नुवाकोट ,२६,मंशिर
नुवाकोटको विदुरवाट विजय जुलुसवाट घर फर्कदै गर्दा नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम विदुर देखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका ३ काउलेमा सोमबार राति १ बजे मोटरसाकइल दुर्घटना हुँदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ४ पाटीभञ्ज्याङका १९ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । श्रेष्ठले चलाएको बा २८ प २१९४ नं को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्त वहादुर कंवरले जानकारी दिए ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्यालीमा सहभागी भएर फर्कदै गरेको समयमा सो दुर्घटना भएको थियो । मृतकको शव परीक्षणको लागि सिन्धुपाल्चोक जिल्ला अस्पताल पठाइएको उनले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया