पेन्टिङको आत्मासंग शारीरिक सम्बन्ध

पेन्टिङको आत्मासंग शारीरिक सम्बन्ध


लण्डन, २५ मंसिर । लण्डनमा बस्ने २६ बर्षिया युवतीको कुरा हो यो । उनको नाम सियन जेमसन हो र उनी पेशाले लेखिका हुन् । उनी अहिले चर्चामा छिन् । त्यसको कारण भने अचम्मलाग्दो छ । खासमा यी युवतीको जीवनमा यस्तो घटना घटेको छ कि, जो पत्याउनै गाह्रो पर्छ ।

सियानले प्रेतआत्मासंग शारीरिक सम्बन्ध राखेको घटनालाई सार्वजनिक गरेर दुनियाँलाई अचम्मित बनाइरहेकी छिन् । तीन बर्षअघि ब्वाइफ्रेन्डसँग ब्रेकअप भएपछि उनी घर छाडेर लेखन कार्यलाई अगाडी बढाउन अन्यत्र गएकी थिइन् । उनले १६ औं शताब्दीमा निर्माण भएको घर जहाँ प्रर्याप्त पुस्तक र पेन्टिङहरु भएको घर छानिन् । यो घरका फर्निचरहरु पनि राम्रा रहेको कारण उनी त्यही बस्न थालिन् । सियानका अनुसार उनी जुन घरमा बस्न थालेकी थिइन्, त्यही उनको प्रेतआत्मासंग शारीरिक सम्बन्ध भयो ।

खासमा त्यहाँ एउटा पेन्टिङ थियो, निकै पुरानो । त्यो पेन्टिङ सुन्दर युवकको थियो । उक्त पेन्टिङको बारेमा युवतीले सोच्न थालिन् । केहि समयपछि सियानले किताब लेख्न सुरु गरिन् । त्यही रातदेखि उनले अनौठो सपना देख्न थालिन् । सपनामा उनी आफ्ना ब्वाइफ्रेन्डसँग हुन्थिन् । जब राती सपना टुट्यो, उनको ओछ्यनमा कोहि थियो । उनले हेरिन्, त्यो ब्वाइफ्रेन्ड थिएन । ति युवाले उनलाई ओछ्यानबाट कतै लगे । जब उनीहरु भित्तामा ठोक्किए, कसैले उनलाई छोएको अनुभव भयो । त्यसपछि ति पुरुषले आफुसँग यौन सम्पर्क गर्न थालेको उनको भनाई छ । खासमा त्यो पुरुष उहि पेन्टिङको पुरुष थियो ।

त्यती मात्र होइन, युवतीले ति युवाको बारेमा अरु पनि खुलाएकी छिन् । युवाको नाम रोबर्ट रहेछ । जो १ सय बर्षअघि जिउँदा थिए ।

Logo