रुकुम,२५, मंशिर
रुकुम (पश्चिम) मा प्रतिनिधि र प्रदेशसभामा गरी प्रत्यक्ष तर्फ झण्डै ६ हजार मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यका लागि भएको मतदानमा ३ हजार ४ सय ७० र प्रदेश सभा (क) मा १ हजार ३ सय ५ तथा प्रदेश सभा (ख) मा १ हजार ५१ गरी ५ हजार ८ सय २६ मत बदर भएको हो । "/>

मतदाता शिक्षाको प्रभावकारिता देखिएन

मतदाता शिक्षाको प्रभावकारिता देखिएन

केन्द्रबिन्दु
0
Shares

रुकुम,२५, मंशिर
रुकुम (पश्चिम) मा प्रतिनिधि र प्रदेशसभामा गरी प्रत्यक्ष तर्फ झण्डै ६ हजार मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यका लागि भएको मतदानमा ३ हजार ४ सय ७० र प्रदेश सभा (क) मा १ हजार ३ सय ५ तथा प्रदेश सभा (ख) मा १ हजार ५१ गरी ५ हजार ८ सय २६ मत बदर भएको हो ।

कुल ५५ हजार ३ सय ८५ मत खसेको प्रतिनिधि सभा सदस्यमा ३ हजार ४ सय ७० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालयका अनुसार २७ हजार १ सय ७४ मत खसेको प्रदेशसभा (क) मा १ हजार ३ सय ५ र २८ हजार ३ सय २७ मत खसेकामा १ हजार ५१ मत बदर भएको छ । जिल्लामा दुवै सभा सदस्यका लागि खसेको मत अनुसार यति मत बदर हुनु धेरै भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएका कारण जिल्लामा धेरै मत बदर भएको पाईएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मत धेरै चिन्हमा छाप लगाउँदा भएको छ । ‘धेरै जसो मतदाताले एक भन्दा बढी चिन्हमा छाप लगाएको पाइयो उनले भने–जिल्लामा सबैभन्दा बढी मत बदर हुनुको कारण यहि देखियो । मतदाता शिक्षा कार्यक्रम सबै मतदाता सामु नपुगेका कारण मत बदर बढी भयो ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo