जनकपुरधाम, २४, मंसिर
प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उन ३० हजार ७५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरे । यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शैलेन्द्रकुमार यादव विजयी भए । उनले १६ हजार ५२१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नवलकिशोर साहले ९ हजार ७४ मत प्राप्त गरेका थिए ।
रासस































प्रतिक्रिया