गोरखा,२३, मंसिर
नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई २५ हजार ८७३ मत प्राप्त गरी अग्रस्थानमा छन् । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले २१ हजार २७७ मत ल्याएर दोश्रो स्थानमा संघर्ष गरिरहेका छन् । श्रेष्ठले काँग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईबाट २ हजार ५९६ बढीले मत अन्तरले पछि परेका छन् । सो क्षेत्रमा ६० हजार मत खसेकामा अहिले सम्म ५० हजार ४६ मतगणना भइसकेको छ ।
यसैगरी गोरखा–१ मा माओवादी केन्द्रका नेता हरिराज अधिकारीले २० हजार ३०४ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १६ हजार ४६२ मत ल्याएर पछियाइ रहेका छन् । यो क्षेत्रमा ६३ हजार मत खसेकोमा अहिलेसम्म ४१ हजार ३४९ मतगणना सम्पन्न भएको छ ।
रासस





























प्रतिक्रिया