पेरिश, २२ मंसिर । रेष्टुरेन्टमा खाना खान जाने कुनै कार्यक्रम बन्यो भने तपाईको ध्याउन्न कस्तो किसिमको लुगा लगाउने होला भन्ने तर्फ जान्छ । अझ महिलाको हकमा हेर्ने यो भने त यसको च्वाईसहरुनै धेरै हुने गर्छ ।
यस्तो किसिमको द्विभिदा नहोस् भनेर फ्रान्समा नौलो किसिमको रेष्टुरेन्ट संचालनमा आएको छ । ओ नेचुरल नाम गरेको यो रेष्टुरेन्टमा तपाईहरु जस्तो सुकै दामी र महंगो लुगा लगाएर गएपनि त्यो रेष्टुरेन्टमा बसेर खान खोज्दा भने निवस्त्र नै हुनुपर्छ ।
माइक र स्टेफनी साडाले संचालनमा ल्याएको यो रेष्टुरेन्टमा खाना खानको लागि पहिल्यै सिट बुकिङ गर्नुपर्छ । यसरी बुकिङ गरेर आएपछि पाहुलाई एउटा चेतावनी पत्र थमाईन्छ । जसमा लेखिएको हुन्छ– यो एउटा सभ्य रेष्टुरेन्ट भएको कारण अश्लिल क्रियाकलाप नगर्नुहोला । यो पत्र पढेपछि पाहुनालाई एउटा कोठमा लगेर निवस्त्र हुने समय दिईन्छ ।
उनीहरुले आफुले लगाएर आएको सबै लुगालाई फुकालेर एउटा दराजमा राख्नु पर्छ र शरीरमा कपडाको एउटा त्यान्द्रो पनि हुनुहुदैन । यसरी निवस्त्र भएपछि रेष्टुरेन्ट भित्र लगाउने एउटा चप्पल दिईन्छ । सोही चप्पल लगाएर आफुले बुकिङ गरेको टेबुलमा गएर बस्नु पर्छ । अनि बल्ल अर्डर अनुसारको खाना सर्भ हुन्छ ।
यस्तो किसिमको रेष्टुरेन्ट पछिल्लो पटक जापान र अष्ट्रेलियामा पनि संचालनमा आएको छ ।





























प्रतिक्रिया