कसरी परे गगन बम बिष्फोटनमा (भिडियो सहित)

कसरी परे गगन बम बिष्फोटनमा (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १८ मंसिर ।
प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन प्रचार–प्रसारका लागि आज मंसिर १८ गते अन्तिम दिन भए पनि बम विस्फोटको घटना रोकिएको छैन । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई लक्षित गर्दै बुढानीलकण्ठको नारायण स्थानस्थित चपली हाइटमा आज बम विस्फोट भयो । भंगालको महादेव कोलोनीको चोकमै मध्यान्ह १२ बजेको समयमा विस्फोट भएको हो ।

घरदैलो कार्यक्रममा रहेका थापाको टाउको तथा कानमा चोट लागेको छ भने कार्यक्रममा रहेका ८ कार्यकर्ता समेत घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । विस्फोटमा बाटोमा हिँडिरहेका कांग्रेस नेता, कार्यकर्ता तथा बटुवाहरु परेको स्थानीयले बताएका छन् । विस्फोट भएको स्थलमा भुइँभरी रगत छरिएको र आसपासका घरका सिसा फुटेको स्थानीयले बताएका छन् । घाइतेलाई उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोला


कार्तिक महिनाको चौथो सातादेखि हालसम्म करिब डेढ दर्जनभन्दा बढी स्थानमा बम विस्फोटनका घटनाहरू भैसकेका छन् । उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोटन गराउने कार्यमा ‘विप्लव’ समूहकै हात रहेको प्रहरीको दाबी छ । प्रहरीले बम विस्फोट गर्दै हिड्ने सबै जनालार्ई भने पक्राउ गर्न सकिरहेको छैन । तर उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Logo