खोटाङ,१७,मंशिर

खोटाङमा सरकारी बाईक मर्मतका क्रममा मनपरी बिल बनाएर पेश गर्ने गरेको पाइएको छ। "/>

सरकारी सवारी मर्मतमा मनपरी बिल

सरकारी सवारी मर्मतमा मनपरी बिल

केन्द्रबिन्दु
0
Shares

खोटाङ,१७,मंशिर

खोटाङमा सरकारी बाईक मर्मतका क्रममा मनपरी बिल बनाएर पेश गर्ने गरेको पाइएको छ। दिक्तेल, हलेसी र महुरेमा सञ्चालित वर्कशपमा कर्मचारीले सेतो प्लेटवाला मोटरबाईक मर्मतका क्रममा बिल बढाएर लैजाने गरेको पाइएको हो । अधिकांश कर्मचारीले सवारी साधन मर्मतका क्रममा अस्वभाविकरुपमा बढि बिल चढाउन लगाउने गरेको वर्कशप सञ्चालकको भनाई छ। हाल हरेक वर्कशपमा निजीको भन्दा बढि मात्रामा सरकारी बाईक मर्मतमा आउने गरेको छ । श्रोतका अनुशार सामान्य मर्मत देखि मोबिल चेन्जका क्रममा बिल बढाएर लैजानेमा वडा सचिव देखि वडाध्यक्ष सम्म छन् । उनीहरुले सञ्चालकले तोकेको दर भन्दा दोब्बर मात्राको बिल बनाउन लगाउने गरेका नाम नभन्ने शर्तमा एक वर्कशप सञ्चालकले बताए । ‘कर्मचारीले त बिल बढाइ माग्ने नै भए । कुनै–कुनै वडाध्यक्षले समेत बिल बढाउन लगाउँछन्,’ वर्कशप सञ्चालकले भने, ‘हुँदै नभएको खर्चको बिल नबनाऔँ भन्दा उनीहरु मान्दैनन्। बिल नबढाइदिए उल्टै रिसाउँछन् ।’
नागरिकबाट

Logo