काभ्रे,१७,मंशिर

जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थल र ३५० मतदान केन्द्र रहेका छन् । "/>

काभ्रेमा १८ मतदानस्थल अति संवेदनशील

काभ्रेमा १८ मतदानस्थल अति संवेदनशील

केन्द्रबिन्दु
0
Shares

काभ्रे,१७,मंशिर

जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थल र ३५० मतदान केन्द्र रहेका छन् । ती मध्ये १६ वटा संवेदनशील र १८ वटा अति संवेदनशील मतदानस्थल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । “अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सक्षम प्रहरी अधिकृत सहित त्यही किसिमका सुरक्षाकर्मीलाई परिचालन तथा थप गरेका छौँ ।” थापाले भने

“जिल्लाका सबै मतदानस्थलका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी दुई हजार ७०४, सोहि हाराहारीमा सशस्त्र प्रहरी र करिब चार सयको संख्यामा नेपाली सेनालाई परिचालन गरिएको छ,” उनले भने – “निर्वाचन सुरक्षालाई ध्यानमा राखेर आवश्यक विभिन्न स्थानमा सुरक्षा टोलीलाई तैनाथ गरिसकिएको छ, ।” त्यो सँगै मतपत्र सहित मतपेटिका र मतदान केन्द्रमा खटिने टोली छिट्टै खटिने प्रमुख थापाले बताए । चुनावलाई लक्षित गरेर नेकपा (विप्लव) का कार्यकर्ताले यस जिल्लामा पनि केही गर्न सक्छन् भनेर विशेष चनाखोका साथ हेरिरहेको उल्लेख गर्दै उनले चारै वटा सुरक्षा निकायले उच्च समन्वय र सहकार्यका साथ कसरी सुरक्षा दिने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेको बताए ।

जिल्लाको अवस्था सामान्य रहे पनि छिमेकी जिल्लामा निर्वाचन सम्पन्न भइसकेका र ती जिल्लाबाट थप चुनौती हुन सक्नेलाई पनि मध्यनजर गरेर सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने तयारीमा रहेको प्रमुख थापाले बताए । प्रमुख थापाका अनुसार जिल्लाको विभिन्न नाका सहित मुख्य मुख्य चोकमा चौबिसै घण्टा चेकजाँचको काम देखि आवश्यक्ता अनुसार खान तलासी समेत गर्दै आएको छ । निर्वाचनका वेला उम्मेदवारलाई लक्षित गरी केही स्थानमा बम विस्फोटन गराएपछि उम्मेदवारलाई समेत सुरक्षा दिँदै आएको थापाको भनाइ छ । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अहिले जिल्लाका विकट क्षेत्र डाँडापारि र कोसीपारि लगायतका स्थानमा नेपाली सेनाले अस्थायी बेस क्याम्प नै स्थापना गरी सुरक्षा दिइरहेका छन् । रासस

Logo