काठमाडौं, १६ मंसिर । भनिन्छ, अक्कल बिना नक्कल गर्दा फन्दामा परिन्छ । त्यस्तै भयो, यी किशोरीलाई । इरानकी यी युवती खासमा हलिउड अभिनेत्री एन्जोलिना जोली जस्तै देखिन चाहन्थिन् । उनको रोल मोडल थिइन्, एन्जोलिना जोली । युवती दुरुस्तै त्यस्तै बन्ने चाह राख्थिन् ।
एक बेल्जियन वेबसाइट अनुसार तेहरानमा बस्ने १९ बर्षकी उनले एन्जोलिना जोली जस्तै बन्ने चक्करमा प्लाष्टिक सर्जरी गराइन् । एक पटक होइन, पचास पटक । उनले आफ्नो फिगर बनाउन डाइट प्लान पनि बनाइन् । साथै नयाँ हेयरकट पनि बनाइन् । भनिन्छ, त्यही कारण उनी अहिले कुरुप भएकी छिन् ।
तर, कतिले यो कुरा सहि नभएको पनि बताइरहेका छन् । यी युवतीले मेकअपको माध्यमबाट आफुलाई परिवर्तन गरेको भनिन्छ । उनी आफ्नो विचित्रको तस्विर इन्स्टाग्राममा राख्ने गर्छिन् । उनको तीन लाख बढी फलोअर्स छन् । उनलाई देखेर कतिले आठ महिना पुरानो लास जस्तै भनी टिप्पणी पनि गर्छन् ।





























प्रतिक्रिया