काठमाडौं,१६,मंशिर
ग्याँस बिक्रेता महासंघले कमिशन रकम बढाउन दबाब दिएका छन् । प्रतिसिलिन्डर ३२ रुपैयाँ कमिसन लिँदै आएकोमा बिक्रेताले त्यसले नपुगेको भन्दै कमिसन रकम बढाउन नेपाल आयल निगमलाई दबाब दिएका हुन् । "/>

ग्याँसमा कमिसन बढाउन व्यवसायीको दबाब

ग्याँसमा कमिसन बढाउन व्यवसायीको दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६,मंशिर
ग्याँस बिक्रेता महासंघले कमिशन रकम बढाउन दबाब दिएका छन् । प्रतिसिलिन्डर ३२ रुपैयाँ कमिसन लिँदै आएकोमा बिक्रेताले त्यसले नपुगेको भन्दै कमिसन रकम बढाउन नेपाल आयल निगमलाई दबाब दिएका हुन् । कमिसन मध्ये चार रुपैयाँ भ्याट बापत राज्यलाई तिर्दा बाँकी २८ रुपैयाँ कम भएको भन्दै महासंघले रकम बढाउनुपर्ने माग गर्दै निगमका अधिकारीहरुलाई दबाब दिँदै आएका छन् । अहिले एउटा सिलिन्डर बिक्री गर्दा लागत खर्च सरह पर्न थालेको भन्दै ग्याँसको मूल्य समायोगन गरेर भए पनि कमिसन रकम बढाउनु पर्ने महासंघले निगम समक्ष अडान राखेको छ ।

महासंघले माग पूरा नभए आफूहरु आन्दोलनमा समेत जाने जनाएको छ । ग्याँस व्यवसाय प्रत्यक्ष जनजीविकासँग जोडिएको र सबैको निम्ति अत्यावश्यक वस्तु समेत भएका कारण यस व्यवसायमा काम गर्ने व्यवसायीहरु उपभोक्ताको हितलाई ध्यानमा राख्दै बन्द हड्तालको सधैं विरोधी रहेका र आफू पनि त्यसमा नलागेको भए पनि अब बाध्य भएको धम्की समेत निगमलाई दिइएको छ ।
आर्थिक दैनिकबाट

Logo