काठमाडौं,१६,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम गठबन्धन बनाएर निर्वाचनमा जुटेका छन् । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० गते सम्पन्न भएको छ। मंसिर २१ गते हुने निर्वाचनको तयारीमा वाम गठबन्धनका शीर्ष नेताहरू चुनावी दौडधुपमा लागेका छन्। तर पहिलो चरणमा सम्पन्न निर्वाचनमा अपेक्षा गरे अनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धन भित्र शंकाउपशंका उब्जिएको छ। एउटै पार्टी निर्माण गर्ने सहमति अनुसार निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्र बीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिबद्धता नेताहरूले व्यक्त गरे पनि निर्वाचन सम्मका लागि मात्र हो कि भन्ने कार्यकर्ताहरूको आशंका हटेको छैन ।
दुवै दलले निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गर्दै आएका छन् । तर पार्टी भित्रै हतारमा पार्टी एकता गर्न नहुने पक्षमा पनि नेताहरू देखिएका छन् । पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मतपरिणामको प्रतीक्षामा उम्मेदवार र नेता कार्यकर्ता बसेका छन् । पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लामा वाम गठबन्धनमा आबद्ध दल एमाले र माओवादी केन्द्रभित्र नै एक दलका कार्यकर्ताले अर्को दलका उम्मेदवारलाई मतदान नगरेको भन्दै वाम गठबन्धनको विवाद शुरू भएको छ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया