बलात्कार रोक्न यस्तो युवतीको स्तन डाम्ने प्रथा ?

बलात्कार रोक्न यस्तो युवतीको स्तन डाम्ने प्रथा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ मंसिर । बलात्कार रोक्न के गर्नुपर्छ ? यस्तो प्रश्न सोधियो भने एनजिओ, आइएनजिओले लामै प्रवचन दिन्छन् । संसारमा यस्तो पनि ठाउँ छ, जहाँ संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइन्छ । केहि अफ्रिकी जनजातिमा अझैं पनि यस्तो किसिमको परम्परा रहेको छ । यसलाई उनीहरुले प्रथाकै रुपमा विकास गरेका छन् ।

आफ्नो हुर्कदो उमेरका छोरीहरुलाई अरु पुरुषले बलात्कार नगरोस् भनेर अफ्रिकाका केही आदिवासीहरुले उनीहरुको स्तनमा ढुंगा तताएर डामिदिन्छन् । किशोरी वा बच्चीको स्तनमा रापिलो ढुंगाले डाम्दा कति पीडा हुन्छ होला ? तर, त्यो पीडा उनीहरुले आफुलाई बलात्कारवाट बचाउन भोग्नैपर्ने हुन्छ ।

यी आदिवासीहरुमा के मान्यता रहेको छ भने छोरीको स्तन भयो भने केटाहरुले हेर्छन् वा वलात्कार गर्न सक्छन् । केवल यसैको कारण उनीहरुलाई यस्तो सजाँय दिइन्छ । यस सजाँयले केटीहरुको स्तन पुरुषहरुको जस्तै सपाट हुन्छ । एजेन्सी

Logo