पोखरा, १४, मंसीर
५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले एक इन्जिनियरलाई बुधबार पक्राउ गरेको छ। सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर गोबिन्द भूर्तेललाई पक्राउ गरेको अख्तियारले जनाएको छ। अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता रमेश ढकालले कार्यालयबाट भूर्तेललाई पक्राउ गरेको जानकारी दिए । कार्यालयसँगै रहेको निवासबाट भूर्तेलले घुस लिएको रकम पनि बरामद भएको ढकालले बताए । ‘५० हजार रुपैयाँ घुस सहित इन्जिनियर भूर्तेललाई पक्राउ गरेका हौं,’ ढकालले भने, ‘थप अनुसन्धान भईरहेको छ।’ ढकालका अनुसार सिएम पर्फेक्ट क्न्सट्रक्सनले बनाएको एउटा आयोजनाको निर्माण सम्पन्नको अनुभवपत्र माग्दा भूर्तेलले ५० हजार रुपैयाँ घुस मागेका थिए ।
नागरिकबाट





























प्रतिक्रिया