काठमाडौं,१४,मंशिर
अज्ञात समूहको एम्बुसमा परी घाइते भएका नेपाली कांग्रेस उदयपुरका उम्मेदवार नारायण बहादुर कार्की सहित सातै जनालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको छ। गम्भीर घाइते उमेदवार कटारी नगरपालिका ७ रिस्कुका कार्की, उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघका सभापति, कटारी ३ की २३ वर्षीया मिरा कटुवाललाई हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको हो।
एम्बुसमा परी घाइते भएका युके एफएम कटारीका सञ्चालक समिति सदस्य पत्रकार कटारी नगरपालिका ३ का ३० वर्षीय नवराज पौडे्ल, उदयपुरगढी गाउँपालिका वडा ८ की धनमाया धौलाकोटी, वडा २ का गणेश पुरी, चालक कटारी नगरपालिका ७ रिस्कुका ३६ वर्षीय राजन कार्की र जवान कालिदास श्रेष्ठ घाइतेलाई दोस्रोचरणमा हेलिकोप्टर मार्फत् काठमाडौं ल्याइएको हो। घाइते सबैको काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा उपचार भइराखेको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी मेघराज अधिकारीका अनुसार विस्फोटमा परेको गाडीमा ८ जना सवारत थिए। ति मध्ये उमेदवारको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कृष्ण श्रेष्ठलाई चोटपटक नदेखिएकाले जिल्लामै राखिएको डीएसपी अधिकारीले बताए। उमेदवार कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस विस्फोटन हुँदा बा १ च ७८०६ नम्बरको जिपमा सवारत उम्मेदवार सहित पाँच जना घाइते भएको डीएसपी अधिकारीले बताए।
अन्नपूर्णबाट





























प्रतिक्रिया