रुकुम ,१३, मंशिर
आइतबार सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा रुकुम पश्चिमको एक मतपेटिकामा एसिड हाल्न खोज्ने महिला वडा सदस्य भएको खुलासा भएको छ। आठबिसकोट नगरपालिका ३ को हिमालय मावि खदीको मतपेटिकामा एसिड हान्न खोज्ने २६ वर्षीया रुपा विक सोही वडाको वडा सदस्य भएको खुलासा भएको हो। गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा विक माओवादी केन्द्रको दलित कोटाबाट वडा सदस्य निर्वाचित भएकी थिइन् । आठबिसकोट नगरपालिकाका मेयर गोरखबहादुर केसीले निर्वाचित सदस्य विकलाई कसैले प्रयोग गरेको हुन सक्ने बताए । केसी माओवादी केन्द्रका तर्फबाट आठविसकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । एसिड हाल्न खोजेको आरोपमा पक्राउ परेकी विक माथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया