काठमाडौं ,१३, मंशिर

निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली सहित पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण मागेको छ । "/>

केपी ओली सहित ५ दैनिक पत्रिकालाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टिकरण

केपी ओली सहित ५ दैनिक पत्रिकालाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टिकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,१३, मंशिर

निर्वाचन आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली सहित पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण मागेको छ । मंगलबार पाँच दैनिक पत्रिकामा आचारसंहिता विपरित ओलीको तस्बिर र एमालेको चुनाव चिन्ह सहितको विज्ञापन प्रकाशित भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण मागेको हो। ‘आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागु गरिएको निर्वाचन आचारसंहिता, ०७२ को दफा ५ को खण्ड (ख१) को उपखण्ड (२) विपरित मिति ०७४-८-१२ गतेका कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिक लगायत पत्रिकामा पार्टीका अध्यक्ष श्री केपी शर्मा ओली ज्यूको तस्बिर सहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौँ भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारबाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्नु हुन अनुरोध छ । 

अन्नपूर्णबाट

Logo