केन्द्रबिन्दु संवाददाता । हुम्ला, १२ मंसिर ।
तारा एयरको नाइन एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान हुम्लाको सदरमुकामस्थित सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।
सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताएका छन् ।

दुर्घटनामा पाइलट वसन्त लामासहित सातजना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।
विमान निर्वाचनका लागि हुम्लामा खटिएका १३ प्रहरी जवान बोकेर सुर्खेततर्फ उडान भर्ने क्रममा थियो । बिहान उडान भर्ने क्रममा विमान धावनमार्गबाट डिलमुनि खस्दा दुर्घटना भएको थियो ।
समाचार स्रोतअनुसार, दुर्घटनामा परेको विमान यसअघि नेपाल एयरलाइन्सले चलाउँदै आएको थियो । यसलाई नै अहिले तारा एयरले सञ्चालन गर्दै आएको छ ।
विस्तृत विवरण आउँन बाकी छ ।





























प्रतिक्रिया