पाल्पा, १२, मंसिर
जिल्लाको बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् । गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझै सम्म टुकीको भरमा रात बिताउनु पर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ । घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, विद्युतका सामान, विद्युतको वाइरिङका लागि खर्च जुटाउन नसक्दा घरमा बिजुली बाल्न नसकेको बताइन् ।
“अरुको घरमा बिजुली बलेको हेर्छु । तानसेनमा बल्छ, आफ्नो घरमा यो जुनीमा बिजुली नबल्ने नै भयो, अर्को जुनीमा बिजुली बल्ला”, कुमालले गुनासो पोखिन् । सदरमुकाम तानसेनसँग जोडिएको यो बस्ती आर्थिकरुपमा विपन्न भएकाले माछा मारेर उनीहरुले जीविको पार्जन गर्नुपर्ने बाध्यता छ । श्रीमान् बिरामीले ग्रस्त बनेको ज्ञानीसराका दुई छोरा, एक छोरी, श्रीमान्–श्रीमती गरी पाँचजनाको परिवारको लालनपालन र शिक्षादीक्षाका लागि खर्च जुटाउन समस्या भएको छ । यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले सात वर्ष भित्र पाल्पालाई टुकी रहित बनाउने बताएका छन् । रासस





























प्रतिक्रिया