काठमाडौं,११,मंशिर
आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरण निर्वाचन पछि मात्रै हुने भएपछि यसको सुरक्षामा चुनौती र चिन्ता देखिएको छ । दुवै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै एकसाथ मत गणना गरिने भएकाले १२ दिन सम्म पहिलो चरणको मतपेटिका विश्वसनीय ढंगबाट सुरक्षित राख्नेबारे आयोगले अझै सम्म विस्तृत सुरक्षा योजना तय गर्न सकेको छैन । तर मतपेटिका सुरक्षाका लागि सिल र ताला भने बलियो बनाइएको आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरूको रोहवरमा राखिने मतपेटिकामा दलले चाहे २४ सै घण्टा आलोपालो गरी पहरा दिन सक्नेछन् । आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन मार्फत मतदाताको मताधिकारको सदुपयोग भइसकेकाले अब मतगणना नहुन्जेल सम्म मतपेटिकाको सुरक्षा गर्ने दायित्व आयोगको भएको बताए ।
निर्वाचन सम्पन्न भए लगत्तै बाट मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकाम लैजाने क्रम सुरु भएको र मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूकै प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने प्रवक्ता ढकालले जानकारी दिए । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि एक किसिमका मतपेटिका र समानुपातिक प्रणालीका लागि अर्को किसिमको मतपेटिका प्रयोग भएकाले सुरक्षाका लागि समेत त्यसै अनुसारको रणनीति अपनाइएको बताए । प्रत्यक्ष प्रणालीतर्फका दुवै निर्वाचनमा ४० लिटरका सानो मतपेटिका प्रयोग भएको छ भने समानुपातिक निर्वाचन प्रणालीका लागि ठूलो अर्थात् ८५ लिटरको मतपेटिका प्रयोग गरिएको छ ।
राजधानीबाट





























प्रतिक्रिया