सर्लाही,११,मंशिर
निर्वाचन आयोगले सर्लाही ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज गरेको छ । कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । यादव वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हुन् । पूर्वसभासद यादवले कूटनीतिक राहदानी दुरुपयोग गरेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको होे । सो क्षेत्रमा कांग्रेसबाट अमरेशकुमार सिंह उम्मेदवार छन् ।
आयोगले प्रतिनिधिसभाको निर्वाचन ऐन अनुसार रायको उम्मेदवारी खारेज गरिएको र सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उम्मेदवार रायलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगले शनिबारकै मितिमा सो निर्णय गरे पनि आइतबार सम्म सार्वजनिक गरेको छैन । विशेष अदालतले २६ साउन ०७२ मा कूटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । नयाँपत्रिकाबाट































प्रतिक्रिया