अज्ञात समूहको गोलीबाट प्रहरी जवान र म्यादी प्रहरी घाइते

अज्ञात समूहको गोलीबाट प्रहरी जवान र म्यादी प्रहरी घाइते

केन्द्रबिन्दु
0
Shares

लहान, १० मंसिर । अज्ञात समूहले आज सिरहाको निरदनामा चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् ।

सवारी चेकजाँचका क्रममा मोटरसाइकलमा आएका दुई जनाले चलाएको गोली लागेर जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका हुन् ।

प्रहरी जवान यादवको पेट र म्यादी प्रहरीको कोखमा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।

घाइते दुवै जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उनले जानकारी दिए । गोली कस्ले र किन चलाएको भन्ने पुष्टि नभएको र गोली चलाउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ ।

Logo