धनगढी ,मंसिर, १०
टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका रेशम चौधरीको चुनाव प्रचार प्रोजेक्टरबाट भइरहेको छ। चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा उम्मेदवार छन् । आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या हुने गरी भएको टीकापुर घटनापछि फरार रहेका उनलाई सरकारले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना गरी तीन वटा मुद्दा चलाएको छ। ०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेख्न गएका बेला भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठ सुरक्षाकर्मीको हत्या भएको थियो भने नाबालक टेकेन्द्र साउदको पनि गोली लागेर ज्यान गएको थियो । त्यही मुद्दामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता लक्ष्मण चौधरी सहित २५ जना थारू समुदायका व्यक्ति दुई वर्ष देखि पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा छन् ।
‘उहाँ (रेशम) मेसेन्जरबाट आफ्नो मन्तव्य पठाउनु हुन्छ, हामीसँग दुई वटा प्रोजेक्टर छन्, हामी उहाँको भनाइ मतदाताको घरमा लगेर देखाउँछौं, रेशमको प्रचारमा खटिएकी रञ्जिता श्रेष्ठ चौधरीले भनिन्। ‘मतदाताले राम्रो रेस्पोन्स गरेका छन् , रेशमको पार्टी राजपाबाट कैलाली १ का प्रदेशसभा सदस्यका लागि पनि उमेदवारी परेको छ। प्रदेशसभा १ बाट कृष्णबहादुर चौधरी र प्रदेशसभा २ बाट चलचित्रकर्मी लक्ष्मण चौधरीले उमेदवारी दिएका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया