पाल्पा, १०, मंसिर
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताएका छन् । "/>

पचास हजार युवालाई स्वरोजगार बनाइने

पचास हजार युवालाई स्वरोजगार बनाइने

केन्द्रबिन्दु
0
Shares

पाल्पा, १०, मंसिर
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताएका छन् । उनले देशभरका सहकारी मार्फत बिनाधितो कर्जा परिचालन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन सहकारीको साथ आवश्यक रहेको बताए । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका स्थित सृजना सहकारी संस्थाको १७ औँ साधारणसभामा शनिबार निर्देशक गौतमले हाल सम्म ४५ हजार युवालाई स्वरोजगार बनाइसकेको बताएका छन् । यसका लागि ७५३ स्थानीय तहमा नमूना कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको उनको भनाई थियो ।
कोषले सहकारीलाई पहिलो चरणमा ५० लाख सम्म थोक कर्जा प्रवाह गर्दै आएको छ । दोस्रो चरणमा युवा स्वरोजगार कोषको कर्जा माग गर्ने सहकारीलाई ७५ लाख सम्म थोक कर्जा प्रदान गर्दै आएको छ । ०६५ साल देखि स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले लगानी गरिएका व्यवसायको बीमा समेत गर्दै आएपछि कोषको कर्जा सहकारी र बेरोजगार युवा आकर्षित भएका छन् । कोषले असल ऋणी तथा नियमित साँवा ब्याज तिर्नेलाई १० प्रतिशत ब्याजदरमा समेत ६० प्रतिशत ब्याज अनुदान दिँदै आएको उनले बताए । सहकारीका अध्यक्ष कृष्ण भुसालले युवा स्वरोजगार कोषको कर्जा बेरोजगार युवालाई लगानी गरी अहिले आत्मनिर्भर बनाइएको बताएका थिए ।
रासस

Skip This
Skip This
Logo