ताप्लेजुङ , मंसिर, ९
केन्द्रविन्दु समाचारदाता

सदरमुकाम फुङलिङमा मतदाता परिचयपत्र वितरण भइरहेका बेला बम विस्फोट भएको छ। "/>

परिचयपत्र बाँड्दै गर्दा मतदानकेन्द्रमै विस्फोट

परिचयपत्र बाँड्दै गर्दा मतदानकेन्द्रमै विस्फोट

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ , मंसिर, ९
केन्द्रविन्दु समाचारदाता

सदरमुकाम फुङलिङमा मतदाता परिचयपत्र वितरण भइरहेका बेला बम विस्फोट भएको छ। भानु मावि मतदान केन्द्रमा मतदातालाई परिचयपत्र वितरण जारी रहेका बेला शनिबार दिउसो पौने २ बजे तिर विस्फोट भएको हो। विस्फोटमा मानवीय क्षति भएको छैन। मतदानका लागि महिला तथा पुरुषको लाइन व्यवस्थापन गर्न बनाइएको बारमा विस्फोट भएपछि अहिले उक्त मतदान केन्द्रमा सेना तथा प्रहरीले घेरा हालेको छ। कर्मचारी तथा परिचयपत्र लिन गएका मतदाताहरूलाई भने बाहिर निकालिएको छ। सेना तथा प्रहरीको सुरक्षा कायम रहेका बेला मतदानकेन्द्र भित्र कसले विस्फोटक पदार्थ लग्यो खुल्न सकेको छैन। मतदान अधिकृत कुवेर नेपालीले यस्तो अवस्थामा निर्वाचन गराउन कठिन हुने भन्दै थप सुरक्षाको प्रत्याभूति गर्न अनुरोध गरेका छन्।

Logo